नियम ३६
अस्थायी नियुक्तिको लागि सिफारिस गर्ने
  (१) सेवा, समूह तथा उपसमूहस“ग सम्बन्धित प्रचलित कानून बमोजिम अस्थायी नियुक्तिको लागि आयोगमा माग भई आएमा आयोगले वैकल्पिक उम्मेदवारको सूचीमा नाम समावेश भई स्थायी नियुक्ति हुन नसकेका र अस्थायी
उम्मेदवारको सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट योग्यताक्रमको आधारमा सिफारिस गर्नेछ ।
(२) ……………….
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैकल्पिक तथा अस्थायी सूचीमा समावेश भएका उम्मेदवारको सङ्ख्या भन्दा अस्थायी नियुक्तिको लागि माग भएको सङ्ख्या बढी भएमा आयोगले सो भन्दा अघिल्लो विज्ञापनमा वैकल्पिक तथा अस्थायी सूचीमा
रहेको उम्मेदवारलाई समेत अस्थायी नियुक्तिको लागि सिफारिस गर्न सक्नेछ ।
(४) यस नियम बमोजिम अस्थायी नियुक्तिको लागि सिफारिस गर्दा बढीमा छ महिनाको लागि सिफारिस गर्नु पर्नेछ ।